चितवन १५ फागुन । नेपाली लाेक दाेहाेरी गीत संगीतकाे क्षेत्रमा विगत दुई दसक लामाे अनुभव संगालेका गायक तथा सर्जक कमल खनालले ‘रुमाल जाले रुमाल’ बाेलकाे गीत बजारमा ल्याएका छन्। कमल खनाल नामक युट्युब च्यानलबाट गीतकाे भिडियाे सार्वजनिक गरिएकाे हाे। खनालले आफैँ शब्द तथा लय संकलन गरेकाे उक्त गीतमा महिला आवाज भने सुगम संगीतकी चर्चित गायिका अञ्जु पन्तले दिएकी छन्।
कमल साैरागकाे संगीत संयाेजनमा तयार भएकाे गीतकाे म्युजिक भिडियाेमा भने पछिल्लाे समय नेपाली चलचित्र क्षेत्रका चर्चित नायक पल शाह र गरिमा शर्माले कम्मर मर्काएका छन्। प्रकाश भट्टकाे निर्देशनमा नवराज उप्रेतीले दृश्य छायांकन गरेकाे भिडियाेकाे सम्पादन भने विष्णु शर्माले गरेका छन्। करिब एक दशकयता संयुक्त राज्य अमेरिकालाई कर्मथलाे बनाउँदै आएका पाल्पाली गायक गायक खनालकाे दर्जनभन्दा बढी लाेक तथा दाेहाेरी गीतहरु सर्वाधिक चर्चाकाे शिखरमा पुगेकाे थियाे।
डाली पलायो’, ‘न्याउली रुँदा यो मन रुन्छ नि’, ‘डाँडापारी जून भयो त डाँडावारी घाम’, ‘भेटौँला अवश्य’ लगायतका गीत सर्वाधिक रुचाइएका गीतमध्येमा पर्छन्। यस्तै पञ्चेबाजामा तयार भएका गीतहरु ‘छुट्टिने दिन आयो’, ‘आउ नाचौँ पञ्चेबाजामा’, ‘उड्यो माल चरी बस्यो हिमालमा’ (नौमती बाजा) छाेराे खेलाउँदै पनि उत्तिकै चर्चामा रहे।
स्वदेश फर्किँदा हरेक पटक गीत रेकर्ड गरेर फर्किने गरेका गायक खनालले यसपटक अमेरिकाबाटै गीत रेकर्ड गराएका हुन्। राेजगारकाे सिलसिलामा विदेश बसे पनि नेपाली लाेक गीत संगीतकाे प्यास अझै उत्तिकै रहेकाे गायक खनाल बताउँछन्।


























