चितवन, फागुन १५ । विश्वभर ८ करोड ९५ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरस संक्रमणमुक्त भएकाछन्। पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन्। योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ८ करोड ९५ लाख १९ हजार ५२३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ४ लाख १८ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमित संख्या ११ करोड ३९ लाख ६१ हजार ४०५ पुगेको छ।होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १९ लाख १३ हजार ८०६ छ। यसमध्ये ९१ हजार ४१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ३३६ जनाको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख २८ हजार ३६ पुगेको छ। कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ। हालसम्म अमेरिकामा पाँच लाख २२ हजार ८५२ जनाको मृत्यु भएको छ।
यसैगरी ब्राजिलमा २ लाख ५२ हजार ९८८ जना, भारतमा १ लाख ५६ हजार ९७० जना, रूसमा ८५ हजार ३०४ जना, बेलायतमा १ लाख २२ हजार ४०५ जना, फ्रान्समा ८६ हजार १४७ जना, इटालीमा ९७ हजार २२७ जनाको मृत्यु भएको छ।


























