काठमाडौं, फागुन ११ । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा नदिएको बताएका छन्। विभिन्न सञ्चारमाध्यममा खरेलको राजीनामा भन्दै समाचार प्रकाशित भएपछि उनले आफूविरुद्धको षड्यन्त्र भन्दै प्रतिवाद गरेका छन्।
उनले भने, ‘राजीनामा गरेको छैन। गर्ने अवस्था पनि छैन। गर्दा पनि गर्दिनँ। मेरा विरूद्ध चलाइएको हल्ला हो।’
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा गरेको भनी आज बिहानैदेखि फिंजाइएको गलत हल्ला खेदजनक रहेको बताएका छन्।
Facebook Comments


























