फागुन १० । साताको दोस्रो दिन शेयर बजार मापक नेप्से परिसूचक ३२.६७ अंकले घटेको छ। यसदिन परिसूचक १.२४ प्रतिशतले घट्दा बजार २६०७.६७ विन्दुमा झरेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार, यस दिन २ सय ७ कम्पनीहरूको २ करोड १६ लाख १४ हजार ४ सय ५२ कित्ता शेयर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६ सय ७१ रुपैयाँमा किनबेच भएको छ।
यसदिन लगानीकर्ताहरू हाइड्रोपावरतर्फ आकर्षित भएका छन्। अन्य सबै उपसमूहहरूको सूचक घट्दा हाइड्रोपावर र अन्य समूहमा मात्र लगानीकर्ताको आकर्षण छ। यी दुई कम्पनीहरूमा क्रमशः हाइड्रोपावर २.२६ प्रतिशतले बढेको छ भने अन्य समूहतर्फ १.२९ प्रतिशतले बढेको छ।
अघिल्ला दिनहरूमा जस्तै यस दिन पनि नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस बैंकको शेयर मूल्य १० प्रतिशतले बढ्दै ६ सय ६० रुपैयाँ पुगेको छ।
यस्तै आँखुखोला जलििवद्युत कम्पनीको शेयरमूल्यमा पनि सर्किट लागेको छ। यसको शेयर मूल्य १० प्रतिशतले बढ्दै १ सय ६५ रुपैयाँ पुगेको छ। यस्तै अन्य ६ वटा कम्पनीहरूको शेयर मूल्य पनि सर्किट लेभलमा पुगेको छ। जसमा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य ९.९३ प्रतिशत बढेको छ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमूल्य ९.८३ प्रतिशतले बढेको छ। चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य ९.६७ प्रतिशतले बढेको छ। शिव श्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.६३ प्रतिशतले बढेको छ। यस्तै सनराइज फ्रस्ट मुचुअल फन्डको शेयर मूल्य ९.५९ प्रतिशतले बढेको छ।