सिन्धुली, फागुन १० । प्रहरीले सिन्धुलीमा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मरिण गाउँपालिका– ६ प्रतिटोल बस्ने सांगे लामा भन्ने २६ वर्षीय सांगे दोङलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ पक्राउ गरिएको हो।
ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले दोङलाई पक्राउ गरेको हो। प्रहरीलाई देख्नासाथ दोङ भाग्न खोजेको र सोही क्रममा नियन्त्रणमा लिई सोधपुछ गर्दा जंगलमा लुकाइराखेको अवस्थामा पेस्तोल फेला पारिएको प्रहरीको दाबी छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























