काठमाडौं, फागुन १० । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले देशका ६८ जिल्लाको नेतृत्व टुंगो लगाएको छ। दाहाल-नेपाल नेकपाले देशका ६८ जिल्लाको नेतृत्व छानेको हो। पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि विभाजित दाहाल-नेपालले दुई महिना लामो कसरतपछि जिल्लाका अध्यक्ष र सचिव छानेको हो।
दाहाल-नेपालले गरेको बाँडफाँट अनुसार पूर्व माओवादी पक्षले ३५ जिल्लामा र पूर्व एमालेले ३३ जिल्लामा नेतृत्व लिएका छन्। दाहाल-नेपालले आइतवार मात्रै पार्टीको सङ्गठनात्मक संरचना आधा आधा भागबण्डा लगाएका थिए। अब दाहाल-नेपालले जिल्ला इन्चार्ज र सह-इन्चार्ज चयन गर्नेछन्।
दाहाल-नेपालले अन्य ९ जिल्लामा विवादका कारण नेतृत्व टुंग्याउन सकेका छैनन्। यी जिल्लाको पनि विवाद मिलाएर नेतृत्व टुङ्ग्याउने तयारी दाहाल-नेपालले गरेका छन्। जिल्ला इन्चार्ज र सह-इन्चार्ज पनि टुंग्याउन बाँकी छ।


























