चितवन, फागुन १० । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्वाचन तोकिएको समयमै हुने र यसमा कुनै आशंका गर्नुनपर्ने बताएका छन्। निर्वाचनको लागि अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको, निर्वाचन आयोग अगाडि बढेको र सुरक्षालगायत अन्य तयारी पनि तीव्ररुपमा भइरहेको उनले बताए।
भरतपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दै उनले सरकारको सिफारिसमा राष्ट्रपतिबाट मिति सार्वजनिक भइ निर्वाचनको प्रक्रिया अघि बढेकोले मिति नसर्ने कुरामा ढुक्क हुन आग्रह गरे।
Facebook Comments


























