विराटनगर, फागुन ९ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ। आज (आइतबार) बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो। उनीविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका हुन्।
राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेश भएको हो। अविश्वास प्रस्ताव पेश हुनेबित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका छन्।
Facebook Comments


























