काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन्। बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले ओलीले हठात प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्।
देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए। उनले भने, जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने दोहोर्याए। जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए।
Facebook Comments


























