काठमाडौं, फागुन ५ । गायक अपाथ माप्छन र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘जून त्यो जून’ को भिडियो सार्वजनिक भएको छ। गीतमा कमल राईको शब्द तथा संगीत छ।
सोनम पाख्रिन निर्देशित भिडियोमा निराजन प्रधान र एलिसा राई फिचर्ड छन्। रिदम स्क्रिन क्रियशनबाट सार्वजनिक भिडियोमा बुद्ध थापाको छायांकन र सुशील न्यौपानेको सम्पादन छ।
Facebook Comments


























