बैतडी, फागुन ५ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ।
थप अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए। सिंहका अनुसार भट्टले पारिवारिक रिसइबीका कारण हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्।
प्रहरीले आज २ बजे भट्टलाई सार्वजनिक गर्दै छ। नातामा भाइ पर्ने दिनेशले आफू एक्लैले हत्या गरेको बताएको एसएसपी सिंहले जानकारी दिए। २१ माघ २०७७ मा विद्यालयबाट घर फर्कर्दै गरेकी उनको बलात्कारपछि हत्या भएको थियो। उनको शव भोलिपल्ट दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल भेटिएको थियो।
Facebook Comments


























