चितवन, फागुन ४ । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मृत अवस्थामा फेला परेको छ। निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत गिद्धेनी पोष्ट नजिक नारायणी नदी छेउमा मंगलबार गैंडा मृत फेला परेको हो।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको छ। गैंडाको खागखुर भने सुरक्षित रहेको उनले जानकारी दिए। अधिकारीका अनुसार बुढो गैंडा ढिस्को उक्लने क्रममा पल्टेर उत्तानो परी मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।
निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैंडा मरेका छन्। ती मध्ये चार वटा चोरीशिकारीले मारेका हुन् भने २० वटा प्राकृतिक कारणबाट मरेका हुन्।
Facebook Comments


























