फागुन २ । बाहुबली स्टार प्रभासको आगामी चलचित्र ‘राधे श्याम’को टिजर रिलिज भएको छ। भ्यालेन्टाइन डेको दिन आइतबार ‘राधे श्याम’को टिजर रिलिज भएको हो।
यससँगै चलचित्रको रिलिज मिति पनि सार्वजनिक गरिएको छ। आगामी जुलाई ३० मा चलचित्र प्रदर्शनमा आउने छ। टिजर सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएको छ। टिजरमा प्रभास रोमान्टिक ‘मुड’मा देखिएका छन्।
चलचित्रको निर्देशन राधाकृष्ण कुमारले गरेका हुन्। चलचित्रमा प्रभासका साथै पुजा हेगडे, सचिन खेडकर, प्रियदर्शी, भाग्यश्री, मुरली शर्मा लगायतको अभिनय रहनेछ। एजेन्सी
Facebook Comments


























