चितवन, फागुन २ । रत्ननगर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य संघ खैरहनीका नवनिर्वाचित अध्यक्ष दिपेन श्रेष्ठ (हिरा), पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई आज (आईतवार) बधाई एवं सम्मान गरेको छ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष श्री अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारले ब्लतष् म्गmउष्लन म्गतष्भक लगाई नेपालमा उत्पादित कृषिजन्य एवं अन्य उत्पादित बस्तुहरुलाई प्रोत्साहन गर्नुपर्ने र उद्योगी व्यवसायीहरुको हकहितका लागि साझा एजेण्डा सहित सहकार्य गर्नुपर्नेमा श्रेष्ठले जोड दिए।
रत्ननगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ खैरहनीका कार्यसमिति सदस्यहरु विच एक आपसमा परिचात्मक कार्यक्रम सहित नवनिर्वाचितहरुलाई स्वागत गरिएको थियो।
रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं विशिष्ठ सदस्य ज्ञान बहादुर विसुरालले पूर्वी चितवनको विकास, कर तथा राजश्व, सरकारी समस्या, स्थानिय कर जस्ता समस्याहरुमा संयुक्त धारणा लिएर जानु पर्ने बताए।
उद्योग वाणिज्य संघ खैरहनीकाअध्यक्ष दिपेन श्रेष्ठले सामाजिक, आर्थिक, औद्योगिक विकासका लागि एकवद्धता भई अघि वढ्नेमा प्रतिवद्धता व्यक्त गरे।
उक्त कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हरिशरण पाठक लगायत पूर्व अध्यक्ष केशव नारायण श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र पदाधिकारी लगायत कार्यसमिति सदस्यहरु र उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमितिहरुको उपस्थिती रहेको थियो।
रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले संचालन गरेका कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले धन्यवाद मन्तव्य राखेका थिए।



























