काठमाडौं, फागुन २ । निर्वाचन आयोगले आज प्रमुख दलहरूसँग निर्वाचन आचारसंहिताबारे परामर्श गर्दैछ। निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेकाले त्यसबारे संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलसँग परामर्श गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
यसका लागि बिहान साढे ११ बजे आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतका प्रतिनिधिलाई आमन्त्रण गरेको छ।
पुस ५ मा प्रतिनिधिसभा भंग भएपछि घोषणा गरिएको वैशाखको मध्यावधि चुनावको तयारी निर्वाचन आयोग लागेको छ। तर सर्वोच्च अदालतमा प्रतिनिधिसभा भंग गरिएको विषय विचाराधीन अवस्था छ।
Facebook Comments


























