चितवन, फागुन १ । आज विश्व रेडियो दिवस। विभिन्न कार्यक्रम गरी मनाइँदै छ। स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो।
नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो।
नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो। अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन्। नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन्। निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो। अहिले सबै जिल्लामा एफएम रेडियो स्थापना भएका छन्।


























