फागुन १ । काशमिरलगायतका भारतको उत्तरी क्षेत्रमा शुक्रबार राति भूकम्पको धक्का महशुस गरिएको छ। शुक्रवार राति १० बजेर ३१ मिनेट जाँदा ताजकिस्तान केन्द्र बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पको धक्का भारतको काशमिर, पञ्जाव, दिल्लीलगायतका स्थानमा महशुस गरिएको थियो।
भूकम्पबाट भएको क्षतिबारे यो समाचार तयार पार्दासम्म केही पनि विवरणहरू प्राप्त नभएको बीबीसी हिन्दीले जनाएको छ।
Facebook Comments


























