चितवन ३० माघ । गीतकार तथा गजलकार दिग्गज धौराली ‘रंगभन्दा रंगीन’ गीतमार्फत फेरि दर्शक स्राेतामाझ उभिएका छन्। नेपाली गीत संगीतमा पछिल्लो समय लोकप्रिय सर्जककाे दर्जा पाएका धाैरालीले संगीतकार अर्जुन पाेखरेलकाे संगीत तथा जितेन्द्र घिसिङकाे आवाजमा नयाँ गीत बजारमा ल्याएका हुन्। गजल लेखनबाट लोकदोहोरी हुँदै चलचित्रका गीतमार्फत चर्चा कमाउन सफल धाैरालीकाे उक्त गीत प्रेम दिवसलाई लक्षित गरी बजारमा ल्याइएकाे हाे।
हाल शिक्षण पेसामा रहेका धाैरालीकाे ‘रंगभन्दा रंगीन’मा निराजन प्रधान र श्रेया सिटौलाकाे अभिनय द्लेख्न सकिन्छ। निशान कश्यपको निर्देशनमा तयार भएको गीतकाे भिडियो भने उत्सव दाहालले खिचेका हुन्। धौरालीले प्रायः सबै विधामा गीत लेखे पनि उनलाई चलचित्रकाे गीतले गीतकारकाे सूचीमा अटाउन सफल बनाएकाे हाे। उनकाे यसअघि चलचित्र क्याप्टेनको ‘रहर छ सँगै’, म यस्तो गीत गाउँछुको शीर्षगीत, मेलाको ‘सैबा होइ सैबा’, ‘कहाँ छ र जिन्दगीको भर तिमी बिना’ले व्यापक चर्चा पाएकाे थियाे भने केही समयअघि आएकाे ‘केटो अलि कमाउने होस्’ले सामाजिक सञ्जाल टिकटक नै तताएका थियाे।


























