काठमाडौं, माघ २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी युवा नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन्। प्रहरीले उनलाई पक्राउ परेको साढे ५ घण्टापछि रिहा गरेको हो। राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए।
श्रीमान् पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ। रिहाइपछि नेतृ रामकुमारी झाँक्रीले जनताका संघर्षका उपलब्धिमाथि संविधान नै च्यातचुत पार्ने प्रयास भएको प्रतिक्रिया दिएकी छिन्।
प्रहरीले झाँक्रीलाई शंखमूलस्थित उनको निवासबाटै नियन्त्रणमा लिएको थियो। झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोधसँगै र सरकारको आलोचना भएको थियो।
Facebook Comments


























