महोत्तरी, माघ २९ । महोत्तरीमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। करेन्ट लागेर ५५ वर्षका राजुकुमार मगरको ज्यान गएको प्रहरीले जनाएको छ।
बुधवार राति घर प्लास्टर गर्ने क्रममा करेन्ट लाग्दा मगर गम्भीर घाइते भएका थिए। उनको आज (बिहीवार) बिहान जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा ज्यान गएको हो।
Facebook Comments


























