काठमाडौं, माघ २९ । सुनको भाउ आज केही घटेको छ। आज सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यो भाउ हिजोकोभन्दा चार सय रुपैयाँले कम हो। यस्तै, आज चाँदीको पनि भाउ घटेको छ। हिजो तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी आज १३ सय १५ रुपैयाँमा झरेको छ।
Facebook Comments


























