माघ २६ । सुपरस्टार यश स्टारर ‘केजीएफ च्याप्टर-२’ को ओभरसीज राइट्सका लागि मेकर्सले ८० करोड रुपैयाँ मागेका छन्। जुलाईमा रिलिज हुन लागेको यस चलचित्रको राइट्सका लागि ८० करोड रुपैयाँ माग गरिएको हो।
पहिला यसको हिन्दी राइट्स फरहान अखतर र रितेश सिधवानीको कम्पनी एक्सेल इन्टरटेनमेण्टले ९० करोडमा किनेको बताइएको थियो। एक सय करोडको बजेटमा बनेको यस चलचित्रमा यश, सञ्जय दत्त, श्रीनीदि शेट्टी, रवीना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रलाई प्रशान्त नीलले निर्देशन गरेका हुन्। एजेन्सी
Facebook Comments


























