माघ २६ । म्यानमारमा सेनाले सत्ता कब्जा गरेको विरोधमा आज (सोमबार) पनि बिहानैदेखि विशाल जनप्रदर्शन भइरहेको छ। त्यहाँ रहेका नेपाली पत्रकार दीपक भट्टराईका अनुसार रंगुनलगायत म्यानमारका विभिन्न स्थानमा बिहानैदेखि विरोध प्रदर्शन भइरहेका हुन्।
उनका अनुसार जुलुसमा ‘हामीलाई सैन्य शासन मान्य छैन’ नारा लाग्ने गरेको छ। आइतबार कयिन प्रदेशको म्यावडीमा प्रहरीले रबरको गोली प्रहार गर्दा ६ जना घाइते भएकोबाहेक अन्य ठूला झडपका खबर आएका छैनन्।
पत्रकार भट्टराईले लेखेका छन्, ‘जुलुसमा सहभागी हुनेको संख्या बढ्दै गइरहेको छ। अस्तिभन्दा हिजो ठूलो थियो र हिजोभन्दा आज झन् ठूलो छ। आज अहिलेसम्म ठूला झडपको खबर छैन। राजधानीमा प्रदर्शनकारीमाथि पानीको फोहरा हानिएछ।’ एजेन्सी
Facebook Comments


























