नयाँदिल्ली, माघ २५ । अभिनेत्री गहना वशिष्ठलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। एकता कपुरको वेबसिरिज गन्दी बातकी अभिनेत्री पक्राउ परेकी हुन्। उनीविरुद्ध आफ्नो वेबसाइटमा अश्लील भिडियो अपलोड गरेको आरोप लागेको छ। मुम्बई क्राइम ब्रान्चका अनुसार, गहनाले आफ्नो वेबसाइटमा पोर्न भिडियो खिचेर अपलोड गर्ने गरेकी छन्।
भारतीय सञ्चारमाध्यम जी न्युजको खबरअनुसार, गहना आज अदालतमा उपस्थित भएकी छन्। उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य केही अभिनेत्री र प्रोडक्शन हाउसका कर्मचारीलाई समेत पक्राउ गरिएको छ। अभिनेत्री गहना एकता कपुरको एडस्ट सिरिज गन्दी बातमा प्रमुख भूमिकामा देखिएकी छन्। उनले यसअघि मिस एसिया बिकिनीको उपाधि समेत जितिसकेकी छन्।
Facebook Comments


























