पोखरा, माघ २४ । पोखरामा ग्यास सिलिण्डर पड्किँदा एक महिला घाइते भएकी छन्। पोखरा महानगरपालिका ३३, बहुमारा गण्डकीवेशीका धनबहादुर थापाको घरमा ग्यास सिलिण्डर पड्किँदा थापाकी श्रीमती पद्मा कुमारी थापा घाइते भएकी हुन्।
सिलिण्डर पड्किएर उछुट्टिएको आगो शरीरमा सल्किँदा उनी घाइते भएकी हुन्। घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
सिलिण्डर पड्किँदा थापाको पक्की घरको गाह्रो चर्किनुका साथै झ्याल र ढोका पूर्णरुपमा क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए।
Facebook Comments


























