काठमाडौं, माघ २४ । नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ हजार ९५९ रहेको छ। पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टा २४८ कोरोना संक्रमित निको भएका छन। हालसम्म निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ। यसैगरी हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ३५ रहेको छ।
Facebook Comments


























