माघ २४ । विश्व व्यापार संगठन (डब्ल्युटिओ) को नेतृत्वमा अफ्रिकी महिलाले गर्ने पक्का भएको छ। संगठनको प्रमुखमा यो पहिलो पटक अफ्रिकी महिलाले नेतृत्व गर्न लागेकी हुन्। अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले ती महिलाई समर्थन गरेपछि यो सम्भव भएको हो। यसअघि अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रशासनले दक्षिण कोरियाकी यो माइयुङ हिलाई समर्थन गरेको थियो।
राष्ट्रपति बाइडनले उनलाई समर्थन गरेसँगै दक्षिण कोरियाकी योले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। योको उम्मेदवारी फिर्तासँगै विश्व व्यापार संगठनको प्रमुखमा पहिलो पटक अफ्रिकी महिलाले नेतृत्व गर्ने पक्का भएको हो। ती अफ्रिकी महिला नाइजेरियाकी डा.नगोजी ओकोनिजो लवाला हुन्। आगामी अक्टोबर महिनामा १ सय ६४ राष्ट्र सदस्य रहेको डब्ल्युटिओको नयाँ नेतृत्व चयन हुनेछ। एजेन्सी
Facebook Comments


























