रुकुम, माघ २४ । रुकुममा चट्याङ्गमा परि एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसीकोट नगरपालिका ६, गवारीका ४२ वर्षीय भीमबहादुर बोहरा रहेका छन्।
हिजो (शुक्रवार) राति भएको घटनामा बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते भएको प्रहरी ले जनाएको छ। प्रहरीका अनुसार घाइते सीताको दायाँ खुट्टा, दायाँ हात तथा शरीरको दायाँतर्फको भागमा चोट लागेको छ। उनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।
Facebook Comments


























