सर्लाही,माघ २४ । प्रहरीले सर्लाहीको कविलासी नगरपालिका वडा न-८ अगर्वाबाट ८० पत्ता नाइट्राभेट -१० लेखिएको १२ सय पिस ट्याबलेट लागुऔषध सहित शुक्रवार साँझ एकजनालाई पक्राउ गरेको छ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको टोलीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको BR30 M 0395 नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा सेतो प्लास्टिकको झोलामा लुकाइ छिपाई राखेको NITRAVET-10 लेखिएको ८० पत्ता लागुऔषध सहित कविलासी नपा-१० सलेमपुर बस्ने ३० वर्षीय नन्दकिशोर रायलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरिक्षक दिपक चोरवारले जनाएको छ।
लागुऔषध सहित पक्राउ परेका रायलाई आवश्यक कार्यवाहीको लागि जिप्रकाको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता चोरवारले बताएका छन्।
Facebook Comments


























