मनाङ, माघ २३ । हिमालपारिको जिल्ला मनाङमा शुक्रबार बिहानबाट हिमपात भएको छ। हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ। मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीसेल्सियस पुगेको छ।
मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी र चामे लगायतका ठाउँमा हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।
चिसोका कारण मानिसको चहपहल घटेको छ। मनाङमा यसअघि पुस २१ गते माथिल्लो क्षेत्रमा हिमपात भए पनि चामेमा भने यो वर्ष पहिलो पटक हिमपात भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए। लामो समयपछि बाक्लो हिमपात हुँदा किसान भने खुसी भएको उनले बताए।
Facebook Comments


























