काठमाडौं, माघ २३ । साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय ४५ रुपैयाँले घटेको छ। नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार १ सय ६० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार १ सय ५ रुपैयाँ थियो।
शुक्रबार तेजाबी सुनको मूल्य भने तोलामा ९ सय रुपैयाँले घटेको छ। शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ७७ हजार ६ सय ७५ रुपैयाँ थियो।
बिहीबार पनि सुनको मूल्य तोलामा ७ सय ७० रुपैयाँले घटेको थियो। बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार ८ सय ७५ रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ७८ हजार ४ सय ४५ रुपैयाँ थियो।
शुक्रबार चाँदीको मूल्यमा पनि केही गिरावट आएको छ। बिहीबार प्रतितोला १ हजार १ सय १४ रुपैयाँ ५० पैसा रहेको चाँदीको मूल्य ८ रुपैयाँ ५० पैसा घटेर प्रतितोला १ हजार १ सय ६ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।


























