प्युठान, माघ २३ । प्युठानमा जिप सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। दाङको भालुवाङबाट रोल्पाको सुलीचौरका लागि छुटेको रा १ ज ८०९ नम्बरको स्कारपियो जिप शुक्रबार बिहान १० बजे प्युठानको सरुमारानी गाउँपालिका–६ मोतीपुरमा दुर्घटनाग्रस्त भएको हो।
अर्घाखाँची शीतगंगा नगरपालिका–७ का ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुनील मल्लले जानकारी दिए।
घाइतेमध्ये चालक दशरत विश्वकर्माको अवस्था गम्भीर भएकाले उपचारका लागि बुटवल लगिँदै गरेको र ९ जना घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























