मकवानपुर, माघ २३ । जिल्लाको हेटौँडा उपमहानगरपालिका-४ स्थित क्विक-२० पार्टीप्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका-९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए। उनका अनुसार आज बिहान सवा ६ बजे पार्टीप्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतक यादव क्विक-२० पार्टीप्यालेसमा सरसफाइको काम गर्दै आएका थिए। उक्त घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। रासस
Facebook Comments


























