चितवन, माघ २१ । थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर २ लाख ७१ हजार ४३१ जनामा संक्रमण पुष्टि भएको छ। २०६ जना संक्रमण मुक्त हुँदा देशभर २ हजार ३३५ जना सक्रिय संक्रमित रहेका छन्।
आज १ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ। हालसम्म २ हजार ३१ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।
Facebook Comments


























