बझाङ, माघ २१ । बझाङको छबिसपाथिभेरा गाउँपालिका-४ स्थित टिका सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एकवटा जंगली मरेको कालिज र एक थान हँसियासहित ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहातियार सहित फेला पारी पक्राउ गरेको हो। सल्यानको कुमाख गाउँपालिका-२ चोरगाँउस्थित गठ्ठा जङगलबाट एकनाले भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ। अस्थाइ प्रहरी पोष्ट नेटाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो।
Facebook Comments


























