माघ २१ । अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा अभिनित फिल्म ‘कृष्ण–लीला’ चैत २७ मा प्रदर्शन हुने भएको छ। फिल्म नयाँ बर्ष ०७८ को छेको पारेर देशव्यापी प्रदर्शनमा आउन लागेको हो। दीपक ओलीको निर्देशन रहेको उक्त फिल्म आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। फिल्मको कार्यकारी निर्माता भने रत्न श्रेष्ठ रहेका छन्।
उक्त फिल्मको निर्माण भने प्रकाश कार्की र केवल तामाङले गरेका हुन्। रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्ममा पुष्प र श्रद्धाका अलवा साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारको अभिनय रहेको छ।
लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायाँंकन, अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ।
Facebook Comments


























