काठमाडौं, माघ २१ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुन आज ६ सयले घटेको हो। आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो। मंगलबार स्थिर थियो।
सुन आज प्रतितोला ९२ हजार रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैंयाँ रहेको छ। यता चाँदीको मूल्य भने आज ६० रुपैयाँले घटेको छ। चाँदी आज १ हजार ३२० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
गत साता नेपाली बजारमा सुनको मूल्य घटबढ रहिरह्यो। सुन आइतबार ३ सयले घटेको थियो। सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो। बुधबार सुन ७ सयले घटेको थियो। सुन विहिबार प्रतितोला १ सयले घटेको थियो भने शुक्रबार स्थिर रहेको थियो।
Facebook Comments


























