माघ १८ । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित सबै पाँच यात्रुको मृत्यु भएको छ। क्युवाको रक्षा मामिला मन्त्रालयका अनुसार स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो।
हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको जनाइएको छ। क्युवामा यसअघि सन् २०१८ मेमा भएको क्युवाली ध्वजावहाक विमान दुर्घटनामा ११२ यात्रुको मृत्यु भएको थियो। एजेन्सी
Facebook Comments


























