माघ १७ । भारतको उत्तरप्रदेशस्थित मुरादाबाद–आगरा सडकखण्डमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको यो दुर्घटनामा १५ जना भन्दा धेरै घाइते भएका छन्। घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ।
ज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय प्रहरीले जनाएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। एजेन्सी
Facebook Comments


























