माघ १६ । नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबमा रिलिज भएको छ। बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट चलचित्र आज युट्युबमा रिलिज गरिएको हो। दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन्। चलचित्रले राम्रो समीक्षा पाएको थियो।
गत वर्ष फागुन ९ गते हल रिलिज भएको चलचित्र कोरोनाका कारण चैत ७ गतेबाट हल बन्द भएपछि बीचमै अलपत्र परेको थियो। नौ महिनापछि पुस १० गते सिनेमा हल खुल्दा पुनः यो चलचित्र रिलिज भएको थियो।
डीएस डिजिटलको प्रस्तुती चलचित्र ‘आमा’मा शर्मिला पाण्डेको लगानी रहेको थियो। सोही निर्माण युनिटले अहिले ‘चिसो मान्छे’ निर्माणको तयारी गरिरहेको छ। यसमा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा छन्।
Facebook Comments


























