मुम्बई, माघ १४ । बलिउड अभिनेता कार्तिक आर्यन अभिनित चलचित्र ‘धमाका’ डिजिटल प्लेटफर्म नेट्फ्ल्क्सिमा रिलिज हुने खबर आएको छ। कोरोना कालमा १० दिनभित्र छायांकन सकेएर रेकर्ड बनाएको यो चलचित्र नेट्फ्ल्क्सिमा महंगो रकममा सम्झौता गरेको कारण पुनः चर्चामा छ।
‘धमाका’ का निर्माताले यो चलचित्र नेटफ्ल्क्सिलाई ८५ करोडमा बेचेको नवभारत टाइम्सले उल्लेख गरेको छ। कार्तिकको बहुप्रतिक्षित चलचित्रमा पर्ने धमाका तत्काल रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ। केही दिनभित्रै ओटीटी र निर्माताहरुबीच फाइनल पेपरवर्क हुने र जुन महिनामा चलचित्र रिलिज गर्ने योजना रहेको पनि बताइएको छ।
यस चलचित्रमा कात्र्तिकका साथै अभिनेत्री मृणाल ठाकुर पनि देखिने छिन्। चलचित्रको निर्देशन माधवानीले गरेका हुन्। एजेन्सी
Facebook Comments


























