माघ १३ । हलिउडका ६ महिला निर्देशकले निर्देशन गर्ने ६ कथाको फिल्ममध्ये एक फिल्ममा अञ्जलीको अभिनय रहनेछ। समाचारअनुसार अञ्जलीले लीना यादवको सर्ट फिल्म ‘सेयरिङ ए राइड’मा अभिनय गर्नेछिन्। यो फिल्ममा बलिउड अभिनेत्री ज्याकुलिन फर्नान्डिजको पनि अभिनय रहनेछ। यी महिला निर्देशकका फिल्ममा ड्रामा, कमेडी र एनिमेसन फ्लेभर हुनेछन्।
लीनाले ‘पार्चड’, ‘राजमा चावल’ र ‘तीन पत्ती’ जस्ता फिल्म निर्देशन गरिसकेकी छन्। महिला समूहमा कारा डेलेविङ्गने, ईवा लोंगोरिया, मार्गरिटा बोय, लियोनोर वरेला र मार्सिया गे हार्डेन पनि छन्। यी फिल्महरु इटली, भारत र अमेरिकामा छायांकन हुनेछन्। एजेन्सी
Facebook Comments

























