चितवन, माघ १० । चितवनमा अज्ञात समुहले गुडीरहेको ट्रक तोडफोड गरेको छ। नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको क्रममा चितवनमा एउटा ट्रकमा तोडफोड भएको हो।
गीतानगरबाट भरतपुर तर्फ आउँदै गरेको ना ५ ख ३८६३ नम्बरको ट्रकलाई मोटरसाईकलमा गीतानगर तर्फ जाँदै गरेका युवाहरुले ढुङ्गा प्रहार गरी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवत्ता एंव (डिएसपी) सूर्य थापाले जानकारी दिए। अज्ञात समुहको ढुङ्गा प्रहारबाट ट्रकको अगाडीको सिसा फुटेको छ।
Facebook Comments


























