काठमाडौं, माघ ४ । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दै छ। छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न लागिएको जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। कोरोना संक्रमणको महामारीको बेला निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै कतिपयले आलोचना गर्दै आएका छन्।
Facebook Comments


























