काठमाडौँ, माघ ३ । बंगाल र आसपासमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मौसममा बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ।
हाल प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आजै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरोसमेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ।
Facebook Comments


























