काठमाडौं, माघ २ । गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए।
परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। बोर्डका अध्यक्ष पौडेलले भने, ‘एक हप्ताभित्र नतिजा सार्वजनिक गर्छौं।’ डाटा रुजुमा ढिलाइ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशन एक महिना ढिलो हुन लागेको हो। नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा ९–१६ मंसिरमा सम्पन्न भएको थियो।
Facebook Comments


























