पुस २८ । चीनको एक सुनखानीमा विस्फोट हुँदा २२ मजदुर खानीमै थुनिएका छन्। उत्तरपूर्वी सानदोङ प्रान्तमा आइतबार विस्फोटन भएको र त्यहाँ हालसम्म पनि मजदुरहरु थुनिएको सिन्ह्वाले जनाएको छ।
आइतबार स्थानीय समयअनुसार दिउँसो २ बजे विस्फोटन भएपछि हालसम्म पनि थुनिएका मजदुरसँग सम्पर्क हुन सकेको छैन। विस्फोटनले संचार प्रणाली नै बिग्रिएको बताइएको छ। हाल मजदुरहरुको उद्धारको लागि उक्त स्थानमा उद्धार टोली पठाइएको छ। एजेन्सी
Facebook Comments


























