चितवन, पुस २३ । पछिल्लो २४ घण्टामा नेपालमा ४१२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ६ जनाको परिक्षण गर्दा २३० जना पुरुष र १८२ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ४ जनाको मृत्यु भएको छ भने ४८३ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा अहिलेसम्म संक्रमित भएकाहरुको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ।
त्यसमध्ये २ लाख ५६ हजार ६ सय ४४ जना कोभिड १९ निको भएका छन् भने १ हजार ९ सय ६ जनाको मृत्यु भएको छ। ५ हजार ५८ जना आइसोलेसनमा छन भने ३४२ जना क्वारेण्टाइनमा छन्। नेपालमा अहिले ४७ सरकारी र ३५ निजी गरी ८२ वटा प्रयोगशालामा कोरोना भाइरसको परिक्षण हुँदै आएको छ ।
Facebook Comments


























