काठमाडौं, पुस २२ । काठमाडौंको तार्केश्वर नगरपालिका–८ का नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भएका ३४ वर्षीय रामचन्द्र श्रेष्ठको कोठामा ग्यास पड्किन गई गए राति आगलागी भएको छ। आगलागीमा परी श्रेष्ठ र उनकी ६ वर्षीया छोरी रक्षा घाइते भएका छन्। घाइतेमध्ये रामचन्द्रको करुणा अस्पताल कपन र रक्षाको कान्ति बाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस
Facebook Comments


























