चितवन, पुस २१ । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएकी रत्ननगर नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया माया झाँक्रीको गैडाको आक्रमणबाट ज्यान गएको हो।
आज (मंगलबार) दिउसो साढे २ बजेको समयमा साथीसँगै घाँस काट्न गएकी झाँक्रीलाई गैडाले आक्रमण गरेको थियो। उनीसँगै घाँस काट्न गएका अन्य दुर्इ जना भने भागेर ज्याज जोगाउन सफल भएका छन्।
Facebook Comments


























